दाङमा चितुवाको छाला सहित २ जना प्रहरीको फन्दामा

दाङ :-  दाङको  घाेराहीमा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–१ बस्ने २४का चेतबहादुर पुन र सोही ठाउँकै सौगात घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटि गएको प्रहरी टोलीले पुन र घर्तीलाई घोराही उपमहानगरपालिका १४ बसर्पाकबाट चितुवाको छाला सहित पक्राउ गरेको हो ।

प्रहरीले टाउको, बंगराको भागदेखि पुच्छरसम्मको पुरै भाग भएको चितुवाको छाला बरामद गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताउको छ ।

प्रतिक्रिया दिनुहोस