निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनामा बम बिस्फोट

इटहरी:  संखुवासभा जिल्लामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावारहाउस स्थलमा नचिनेका मानिसहरुकाे समूहले बम विस्फोट गराएको छ । आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेकाे अरुण तेस्रो जलविद्युत आयोजनाको पावारहाउस नजिकै कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ ।विस्फोटबाट अरुण तेस्रोले प्रयोग गरिरहेको जेनेरेटर र पर्खालमा क्षति पुगेको छ । कसले र कुन उद्देश्यले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि पटक–पटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताले बम विस्फाेट गराएकाले अहिले पनि विप्लव कार्यकर्ताले गराएको हुनसक्ने संखुवासभा प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस