सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं :-  नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्रेका छन् । आइतबार सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी हुन् ।

सोमबार मात्रै सभामुखको सथपग्रहण गर्नुभएका सापकोटालाई भेट्न सिंहदरबार पुग्नुभएका राजदूत यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरेकी थिइन् ।

राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन् । नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कुटनीतिक नियोगको पहिलो व्यक्ति रहेकी छन् । सापकोटाले सोमबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस