नवलपरासीका उखु किसानद्धारा आन्दोलनको घोषणा

नवलपरासी :- सरकारले तोकेको समयमा पनि भुक्तानी नपाएपछि नवलपरासी जिल्लाका उखु किसानहरुले राजमार्ग बन्द देखि काठमाडौं केन्द्रित संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

उखु उत्पादक कृषक समिति नवलपरासीले आज विज्ञप्ती निकालेर माघ १४ देखि २० गतेसम्मका आन्दोलन घोषणा गरेको हो ।

घोषित कार्यक्रममा राजनीतिक दलसँग छलफल, किसान जागरण अभियान, वृहत किसान भेला, राजमार्ग अवरुद्ध लगाएतका कार्यक्रम रहेको समितिका अध्यक्ष उमेश यादवद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै २० गते कार्यक्रमको समिक्षागर्दै काठमाडौं केन्द्रित आन्दोलनको मिति तय गरिने समितिले जनाएको छ ।

सरकारले माघ ७ गतेभित्र उद्योगीबाट रकम तिराउने गरी किसानसँग सहमति गरी काठमाडौंको आन्दोलन स्थगित गराएको थियो ।

प्रतिक्रिया दिनुहोस