रामेछाप -रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ७ थापा गाउँमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको छ ।
गएराति एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार पराल बालेर जेनेटर सहित अन्य उपकरणहरुमा आगो लगाइएको हुन सक्ने देखिएको छ ।
घटनाको बारेमा अन्ुसन्धान भईरहेका प्रहरीले बताएको छ ।
आगो नकेपा माओवादी विप्लव समुहले लगाएको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ ।