समयमै दरबार निर्माण सम्पन्न गरि २०२० लाई सहयोग गर : अज्र्याल स्मृती प्रतिष्ठान

काठमाडौँ । गोरखादरबार निर्माणको माग गर्दै नारायणदास अज्र्याल स्मृती प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ ।

शुक्रवार गोरखा संग्रहालय र गोरखा दरबार हेरचाह अड्डा मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाइ ज्ञापन पत्र पठाउँदै पुननिर्माणको काम छिटो सिध्याउन माग गरेको हो ।

‘गोरखाकालिका, गोरखनाथका पुरोहित, पुजारी, सुसारे, ह्यामीनी, नगर्ची घट्दै गएको र नियमित पुजा नै बन्द हुने अवस्थामा पुगेकाले चलिआएको थरघरलाई कायम गरी नियमित हुने व्यवस्था गर्न माग गरिएको प्रतिष्ठानका अध्यक्ष सरोज अर्यालद्धारा जारी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

भ्रमण बर्ष सफल बनाउनका लागी गोरखा संग्रहालयका पार्क, वाल उद्यान र भित्रका सामग्रीलाइ आकर्षित र थप व्यवस्थित गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन अनुरोध गरिएको छ । गोरखा संग्रहालयका पार्क, बाल उद्यान र संग्रहालय भित्रका सामाग्रीहरुलाई उचित व्यवस्थापन गरि पर्यटकलाई आकर्षित गर्नुपर्ने प्रतिष्ठानका जिल्ला अध्यक्ष सरोज अर्यालले बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरी भुषाल र गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले दरबार पुनर्निर्माण र दरबारमा परम्परा अनुसारको पूजाको व्यवस्थाका निम्ती आफ्नो ठाउँबाट आबश्यक पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस