सेलीब्रेटी मात्रै बन्यो काशिल खोला बाढिपहीरो

लेख बुढा/डोल्पा :-
हिमाली जिल्ला डोल्पा नेपालकै एक शुन्दर ठाउँ भएता पनी एक भौगोलीक हिसावले विकट जिल्लाको रुपमा चिनिन्छ । राष्टिय सडक सन्जालले जोडीन नसकेको गाउपालीका हो मुड्केचुला गाउपालीका त्यही विकट शुन्दर डोल्पा जिल्ला मा विभिन्न किसिमका प्राकृतिक विपत्तीहरु आईरहन्छन । त्यस्तै एउटा ठुलो विपत्ती वि.स २०७६ असार २८ गते दिउसो करिव २ बजे तिर डोल्पाको मुड्केचुला गाउपालीका वडा नं. २ र ३ को विचमा रहेको काशिल खोलामा ११ जना सर्वसाधारणले ज्यान अकालमै ज्यान गुमाए भने कसैको सिउधो पोछीयो,कसै विधुवा वने,कसैले आफ्ना कलिला सन्तान गुमाए भने लाखौको धन जन गुमाउनुको साथै घरवार विहिन भए ।
वि.सं. २०७६ असार २८ गते दिउसो आएको काशिल खोला बाढिपहीरोमा परी साविको कालिका गाविस १० जना र साविको नुर्क गाविसका १ जना गरी ११ जनाको त्यो दिन कालो दिन बनेर आयो । २०७६ सालको सायद नेपालकै ठुलो विपत्ती हुन सक्छ । घटना घटे लगतै विभिन्न सन्चार माध्यममा समाचारहरु आए विभिन्न मन्त्री,संसद,नेता,भलादमीहरुले अनुगमन गरे पिडीडहरुलाई सहयोग गर्ने बाचा पनी गरे तर ति मृतकका आफन्तहरुले कति पिडा सहनु परेको छ त्यो त मलाई मात्र थाहा छ किनकी म त्याही घटना भएको स्थानको शिक्षक हुँ मैले पनी आफ्ना साना कलिला बालबालीका सगैँ एक कर्मचारी गुमाएको छु । हाम्रा देशका ठुला बढाले सामाजीक सन्जालमा लेख्छन,हार्दिक श्राद्धान्जली,हार्दिक सम्वेदना तर ति आफन्तहरु कती छट्पटाईरहेका छन त्यो त पिडितलाई मात्र थाहा हुन्छ ।
असार २८ गतेको काशिल खोला बाढी पहिरोमा परी मुड्केचुला गाउपालीका वडा नं. १ का यमुना बोहोरा, सोही ठाउँका निर्मल बोहोरा, धर्मराज बोहोरा,सारीका बोहोरा,बृष्पती बोहोरा, धनरुपा बोहोरा, सुना सार्की, लब कुमार रोकाया, चन्द्रा कुमारी सार्की, पन्चराम सार्की, मुड्केचुला ५ सुर का पुर्वप्रधान कालि बहादुर बोहोरा को घटना स्थलमै ज्यान गएको थियो । ति मृतकका आफ्न्तहरु अझै पनी टिनका टहरा र पाल मुनी बस्दै आई रहेका छन । काशिल खोलाको बाढिपहीरोले गर्दा अझै पनी भोटाऔल बस्ती मसन घाट जस्तै देखिएको छ भने उक्त बाकी रहेको आधा बस्तीको माथि भाग ठाउँठाउँमा चर्किएको छ । सोही बस्तीका एक स्थानिय सागर सिँह ठकुरीले दुख व्यकत गर्दै भन्नु भयो,आफ्नो १३ लाख जत्ती लगानी गरेको घर पहिरोले भत्काई दियो सगैँ पाँच सय बरावरको सुन्तलाको विरुवाहरु पनी उक्त विनाशकारी बाढी पहीरोले लगी दियो । त्यस्तै सोही ठाउँका एक स्थानिय भिमराज बोहोराले पनी दुख व्यक्त गर्दै भन्नु भयो, १८ लाख लगानी गरेर यति ठुलो घर बनाए आज आएर विनाशकारी बाढी पहिरोले गर्दा घर नजिकैको ठाउँठाउँमा जमिन चर्कदा आफ्नौ सवै लगानी खेर गएको बताउनु भयो । यस्तै मुड्केचुला गाउपालीका वडा नं. १ का वडा अध्यक्ष भानुभक्त बोहोरा(अनुराग)ले पनी दुख व्यक्त गर्दै भन्नुभयो आफ्नौ सवै धनमाल सगैँ एक हजार भन्दा बढी सुन्तलाको विरुवा लगाएको बगैचाँ बगाउँदा आफु घर न घाटको भएको दुख व्यक्त गर्नु भयो । मुड्केचुला गाउपालीकाको भोटाऔला बस्ती डोल्पाको एक सुन्तला,अमिला,मौसम,जामिर,उख्खु,लगायतका अन्य खेती हुने ठाउँ हो । तर यो बर्ष आएको विनाश कारी काशिल खोला बाढि पहिरोले गार्द अव त्याहाँको बस्तीनै अर्को ठाउँमा सार्नु पर्ने देखिएको बुद्धिजिविहरुले बताएका छन ।
काशिल खोला बाढीपहीरो पिडीतहरुले सानो तिनो कर्णाली प्रदेश सरकार बाट पाल,भाडकुडा,केही खाधन्न त पाए तर हात्तीको मुखमा हिगँ जिरा भए जस्तै भएको पिडितहरु बताउछन । कसैले त त्यही पनी सहि ठाउँमा नगएको पनी गुनासो गरे । यी पिडितहरुले सरकार बाट जे आशा गरेका थिए त्यो नभएको पनी दुख व्यक्त गरे । अझै पनी वस्ती वरीपोरी तलमाथी चर्किएको छ श्रवाण भाद्र महिनामा कसरी यहाँ वस्नेहोला भन्दै शिक्षण पेशामा सोही वस्तीमा रहेको श्री नवज्योती आधारभुत विधालयमा पुग्नु भएको शिक्षक भविन्द्र बहादुर खत्रीले दुख व्यक्त गर्नु भयो । उक्त वस्तीमा सवै मान्छेहरु आउछन सेल्फी खिच्छन अनि जान्छ,सेलीब्रेटी झै सामाजीक सन्जालमा राख्छन । कसै सन्तान गुमाएको पिडा,कसै घरखेत गुमाएको पिडा,कसै धनसम्पती गुमाएको पिडामा छन भने कसै यो बस्तीमा कसरी बस्ने फेरी त्यस्तै विपत्ती आउछकी भन्ने चिन्ता छ । त्याहाँका पिडितहरु त्यो वस्ती छाडेर अन्त जाने ठाउँ नै छैन,पुखौ देखि वस्दै आएको वस्तीमा एक्कासी विपत्ती आउदा दुख पोख्नु बाहेक अरु केही छैन मुड्केचुला १ भोटा औल बस्तीका काशील खोला बाढी पिडितहरुको । अझै पनी सवैको सहयोगको आशामा छ भोटा औल बस्ती ।।

प्रतिक्रिया दिनुहोस