मोरङको केरावारी गाउँपालिका भवनमा बम बिस्फोट

काठमाडौं :- मोरङको केराबारी गाउँपालिका भवनमा अज्ञात समुहले आज साँझ बम बिस्फोट गराएको छ । शनिबार राति साढे १० बजेतिर भएको बिस्फोटबाट भवनको झयालका केही सिसाहरु फुटेका छन भने जनेरेटर क्षतिग्रस्त भएको छ । बम विस्फोटसँगै बर्षा चौकमा बम जस्तै शंकास्पद बस्तु राखिएको छ । स्थानियबासीका अनुसार प्रहरीले घटना स्थललाई नियन्त्रणमा लिएको छ भन्ने खबर दिएका छन् तर घटनाको पूरा विवरण अाउन भने बाकी नै छ।

प्रतिक्रिया दिनुहोस