कुसुन्डा भाषाकी एकमात्र जानकार ज्ञानीमैया कुसुण्डाको निधन

दाङ :-  कुसुन्डा भाषाकी पूर्ण वक्ता एवं ज्ञाताकीरुपमा चिनिएकी ज्ञानी मैया कुसुन्डाको निधन भएको छ ।

उनी केही समयदेखि दम र उच्च रक्तचापको बिरामी थिइन् । उनको ८२ बर्षको उमेरमा शनिबार दाङको लमही नगरपालिका ६ कुलमोहरस्थित आफ्नै घरमा निधन भएको हो ।

लमहीका विभिन्न अस्पतालमा उपचार गराउदा समेत निको नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको थियो तर त्यहाँ पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

फेरि उनलाई दाङको लमही फर्काइयो र लमहीकै एक अस्पतालमा उपचार थालिएको थियो । उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि उपचारमा सम्लग्न डाक्टरहरुले घर लैजान सल्लाह दिएका थिए । नेपालबाटै लोप हुन लागेको कुसुन्डा भाषाको संरक्षकको रुपमा ज्ञानी मैयालाई लिने गरिन्छ ।

नेपाल भाषा आयोग नेपालले केही महिना अघि दाङको लमहीमा चार महिने कुसुन्डा भाषाको तालिमको आयोजना गरेको थियो त्यति बेला उक्त तालिममा ज्ञानीमैयाले ती भाषाको तालिम लिने चालीस जना विद्यार्थीलाई समेत कुसुन्डा भाषाको बारेमा प्रशिक्षण दिएकी थिइन ।

लामो सम्य सम्म आफ्ना बुवा आमासंग जङलममा वास बिताएकी ज्ञानी मैयाले धेरैलाई कुसुन्डा भाषाको बारेमा शिक्षा दिएकी छिन । भाषाबिद उदय आलेका अनुशार ज्ञानीमैयाको निधनसंगै कुसुन्डा भाषा नै ओझेलमा पर्ने सम्भावना देखिएको छ ।

दाङमा हाल सम्म ७५ जना कुसुन्डाहरु रहेका छन । कुसुन्डा भाषा बोल्न सक्ने देशैभर दुई जना मात्र थिए, ज्ञानीमैयाको निधन भएपछि अब एक जना उनकी बहिनी कमला मात्र रहेकी छन ।

प्रतिक्रिया दिनुहोस