हिमाल बिश्वकर्मा
चितवन- धेरै बिकास निर्माणका काम र राष्ट्रिय परियोजनामा अनुभवी दक्ष jcb डोजर आरेटरको रुपमा प्रख्यात बनिसकेका भरतपुर महानगरपालिका २४ चितवनको बिनोद मोक्तानलाइ २०७५ साल कार्तिक २२ गते सदाको लागि कालो दिन बनेर आयो। अब उनले जीवन मा कहिल्यै डोजर चलाउन त के अर्काको साहारा बिना घर बाहिर निस्किन समेत न सक्ने भएका छ्न।
बिकास संगै केही बिनास पनि सामना गर्न पर्छ भन्ने ज्ञान नभएका पापीहरुले चार महिना अगाडी बाटो बढाउने क्रममा सितल ताप्ने रुख ढलाइदिएको इख राखेर आफ्नै काम बिशेश हिनिरहेको बेला आक्रमण गरी छुरी हानेर मेरुदण्ड छिया छिया बनाइ शरीरको कुनै अंग नचल्ने अपांग बनाइ दिए। आफ्नै कमाइले बिहान बेलुका चुलो बाल्नु पर्ने ६० काटेको बुवा आमा , दुई नाबालक सन्तान र श्रीमती पाल्नु पर्ने एक्लो अभिभारा बोकेका बिनोद २८ वर्षको उमेरमै अशक्त र अपांग भै निरीह बन्नु पर्दा अनि आर्थिक अभावमा पिल्सिएर बाच्नु पर्दा पिल पिल आँसु झारी दिन्छन।अबोध नानीहरुले बाबा चक्लेट किन्ने पैसा दिनु न भनेर माग्दा र कुनै कुराको अभाव हुन दिन्न सुख संग पाल्छु भनी कसम खाएर ल्याएका अबला नारीको सरीरको चोली फाटेको देख्दा अनि बुढेसकालको साहरा भनेर भन्ने बाबा आमाले यहि बुढेसकालमा अर्काको काम गरेको देख्न पर्दा कस्को मन न पग्लेला हो यहि पिडामा मासिक ५० हजार कमाउने अपरेटर बिनोद मोक्तान परेका छ्न। सास छउन्जेल आश भए झै म सद्धे भै हाल्छु कि फेरि डोजर चलाउन सक्छु कि भनेर गाउँ छिमेकमा ऋण सापटी गरेर घर खेत बन्दकी राखेर नेपाल र भारत गरि उपचारमा २४ लाख खर्च गरिसकेका छ्न। सानालाइ ऐन ठुलालाइ चैन उनको जीवनमा यथार्थ सावित भै सकेको छ। उनी माथी आक्रामक गर्नेहरु केही कानुनको फन्दामा रहे पनि केही ठुलो देश छिरी पानीमाथिको ओभानो बनिसकेको दुखेसो उनको छ। २०७६ माघ ११ तामाङ जातिको बिशेश पर्व ल्होसारमा भने उनी रातो नया पोशाकमा दुई नाबालक सन्तानको बिचमा जवर्जस्ती हास्न खोजिरहेको जस्तो देखिए पनि उनको मनमा हासो भने पटक्कै छैन। उनलाइ मर्यो भनेर फालेका ठाउबाट टेपेर यति सम्म उपचार सफल गरेका अस्पतालले अझै १३ लाख भारतीय रुपैया खर्च गर्न सकियो भने दिशा पिसाव लागेको थाहा पाउने सम्म उपचार गर्न सकिने र कसैको साहारा बिना हिड्न सक्ने सुधार सम्म आउन सक्ने रिपोर्ट बनाइदिएको छ। यस्को लागि उनलाई वडाले समेत आर्थिक अबस्था अत्यन्त नाजुक भएको कारण उहको उपचारको लागि देश बिदेशमा हुनुहुने मनकारी दाजुभाइ दिदिबहिनी, समाजसेवी, संघ संस्था, उद्योगी,व्यावसायी,सवारी चालक, अपरेटर, ठेकेदार, पत्रकार युबा,बुद्धिजीवीबाट जति सक्दो सहयोग गरि उहाको उपचारमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्दछु। भनी सिफारिस समेत गरिदिएको जानकारी गराउदै सहयोग गर्न अपिल समेत गर्नु भयो।