एमसिसि नेपाल सरकारले नमान्ने – गृहमन्त्री थापा

काठमाडौं :- गृहमन्त्री रामबहादुर थापाले नेपाल सरकराले एम सि सि को सम्झौता नमान्ने बताएका छन् । गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका मन्त्री थापाले नेकापा यस्तो बताएका हुन ।

उनले नेकपाको स्थायी कमिटिको केहि दिन पहिला बसेको बैठकले एम सि सिको बिषयमा आधिकारीक धारण बनाएको भन्दै सरकारले समेत पार्टीको आधिकारीक धारणा मान्ने बताए ।

उनले अमेरिकाले बारम्बार फरक अभिव्यति दिएका कारण नेपाल सरकारले एकिन धारणा नआउँदासम्म कुनै सम्झौता नमान्ने बताए । उनले यो बिषय संसदमा प्रवेश गरेको भन्दै अबको टुगोँ संसदले गर्ने बताए ।

उता, नेपाल र भारतबीच लिपियाधुरादेखि लिपुलेकसम्मको करिब ४ सय बर्ग मिटरको क्षेत्रफललाई लिएर केहि बिवाद भएको भन्दै कालापानिबाट भारतिय सेना फिर्ता नहुँदासम्म कुनै किसिमको बार्ता नगरिने समेत जनाए । उनले भारतमा भाजपा र नेपालमा नेकपाको स्थायि सरकार भएको भन्दै दुबै सरकारले चाँसो दिएर यो मुद्धा समयमै समाधान गरीनु पर्ने बताए ।

त्यस्तै नेपाल सरकारले प्रदेशका लागि प्रहरी एने ल्याएको र त्यसको प्रमाणीकरण हुन केहि समय लाग्ने भएकाले प्रदेश प्रहरी एने ल्याउन नहतारिन आग्रह गरे । उनले भने कर्णालीमा अथक पर्यटनको सम्भावना भएको भन्दै त्यसैको प्रचार र प्रसार गर्न सके मात्रै कर्णाली समृद्ध हुने दावी गरे ।

प्रतिक्रिया दिनुहोस