जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम

रुपन्देही :- रुपन्देही कञ्चन गाउँपालिका वडा न. १ बेलभरियामा आज जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम एक समारोहका विच सम्पन्न भएको छ । नेपाल सरकार सार्वजनिक लेखा समिति संयोजक तथा रुपन्देही क्षेत्र न:५बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय भरत कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम पद हस्तान्तरण कार्यक्रममा उपस्थिति महानुभावहरुलाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य शाहले युवाहरूको प्रेरणा र व्यक्तित्व विकास गर्न जेसिजले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै यो संस्था युवा वर्गलाई लक्षित गरि संस्था स्थापित गरेको हुँदा युवाहरूलाई दक्ष बनाउने र अवसर प्रदान गर्न यो संस्थाले निकै महत्त्वपूर्ण भुमिका खेलेको र अझ कञ्चन जेसिजलाइ विश्व सामु स्थापित गर्न सफल होस भनी शुभकामना व्यक्त गरे । त्यसै गरि विशिष्ट अतिथी प्रदेश न: ५ का साँसद भुमिश्वर ढकालले १८ बर्ष देखी ४०बर्षका युवामा जोस जागर भएका समाजलाई परिवर्तन गर्न सक्ने र विश्व हल्लाउन सक्ने क्षमता हुने हुँदा जुन आशा र भरोसाले जस्तो उल्लेखनीय काम गर्यो त्यस्तै काम आगामी दिनमा नि होस भनी शुभकामना दिएका थिए।

कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही क्षेत्र ५ ख बाट निर्वाचित प्रदेश सभा सदस्य माननिय फकुर्धिन खान, नेपाल जेसिज बर्ष २०२०का राष्ट्रिय उपाध्यक्ष तथा कञ्चन जेसिजका सल्लाहकार जेसि गोविन्द पङ्गेनी,मातृ शाखा सैनामैना जेसिज बर्ष २०१८का अध्यक्ष जेसि विमल ज्ञवालि ,शुभाष पौडेल भलबारी जेसिज बर्ष २०१९का शाखा अध्यक्ष जेसि सुरज अर्याल लगायतले आ(आफ्नो मन्तव्य राखेका थिए।

कञ्चन जेसिज संस्थापक अध्यक्ष चुडामणि पौडेलले आफ्नो कार्यकालमा साथ तथा सहयोग गर्ने सम्पुर्णलाई सम्मान तथा मायाको चिनो समेत दिनु भएको थियो । भने उहाँको कार्यकालमा भएका गतिविधिहरुको विषलेशण गर्दै उहाँ आजैको दिन स्मारिका विमोचन समेत गर्नु भएको थियो।विमोचन प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य भरत कुमार शाह र प्रदेश सभा सदस्य भुमिश्वर ढकालले गर्नु भएको थियो ।

संस्थापक अध्यक्ष पौडेलले संस्थालाई गरेको उल्लेखनीय योगदानको कदर गर्दै उहाँ लाई माया चिनो सहित सम्मान गरेको थियो। त्यसै गरि बर्ष २०२०का लागि अध्यक्ष बाबुराम पौडेल ,कार्यकारिणी उपाध्यक्षमा राजन पौडेल ,कानुनी सल्लाहकारमा राधिका चौधरी ,उपाध्यक्षमा सुमन सुबेदी ,सह सचिबमा प्रिया तरामु मगर र महासचिवमा चित्र बहादुर तुलाचन निर्वाचित हुनु भएको छ। संस्थापक उपाध्यक्ष मोहराज शर्माको आस्थापाठ ,संस्थापक कार्यकारिणी उपाध्यक्ष राधिका चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रम २०१९का महासचिव राजन पौडेल र २०२०का महासचिव चित्र बहादुर तुलाचनको सञ्चालन थसंस्थापक उपाध्यक्ष सुर्य प्रसाद ढकालको मिसन एण्ड भिजन रहेको कार्यक्रममा २०२० का उपाध्यक्ष जेसि सुमन सुबेदीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस