रामेछाप उद्योग वाणिज्य संघका नयाँ निर्वाचित पदाधिकारीले सपथग्रहण लिदै

पुष्कर खड्का/रामेछाप- रामेछाप उद्योग वाणिज्य संघका नयाँ निर्वाचित पदाधिकारीले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् । संघको कार्यालयमा राखिएको सपथ तथा पदभार ग्रहणमा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन अधिकृत रामप्रसाद भट्टराईले नवनिर्वाचित पदाधिकारीलाई सपथ खुउनुभएको हो ।त्यस्तै रामेछाप उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले नवनिर्वाचित अध्यक्ष केशब प्रसाद घिमिरेलाई पद हस्तन्तरण गर्दै निर्वाचित पदाधिकारी र सबै सदस्यलाई बधाई दिनुभएको छ । रामेछाप उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष नारायाणदाश श्रेष्ठले नयाँ निर्वाचित पदाधिकारीले तेरो मेरो नभनीकन उद्योगी व्यवसायिको हितमा काम गर्नु पर्नेमा जोड दिँदै निर्वाचित पदाधिकारीलाई बधाई दिनुभयो ।नवनिर्वाचित पदाधिकारीलाई टिका लगाईदिँदै पूर्व अध्यक्ष नारायाणदाश श्रेष्ठ
पदभार ग्रहण गर्दै अध्यक्ष घिमिरेले आफूहरुको तीन वर्षे कार्यकालमा उद्योगी र व्यवसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै अध्यक्ष घिमिरेले संघको ७ औं जिल्ला अधिवेशनमा पेश भएको भावी कार्ययोजनालाई कार्यान्वयन गराउने र चुनावमा दुबै समूहबाट घोषणा गरिएका प्रतिवद्धतालाई पनि छलफल गरेर कार्यान्वयन गराउनेमा आफ्नो टिम लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।संघका पदाधिकारीले पदभार ग्रहण गरेपछिको पहिलो बैठक शुक्रबार नै बसेर विभिन्न विषयमा छलफल गरी ३ ओटा निर्णय समेत गरेको संघका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस