प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर बिहिन

बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर विहिन बनेको सात महिना  भएको छ । बाजुराको पुर्विउत्तरी क्षेत्रमा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर विहिन बनेको सात महिना सम्म कुनै सुनुवाई नभएको स्थानियले बताएका छन । स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत डां गणेश चौधरी कर्मचारी समायोजनमा गए लगत्तै कोल्टीमा डाक्टर विहिन बनेको हो । डांक्टर चौधरी गत साउन २८ गते समायोजनमा गए पनि हाल सम्म अर्को डाक्टर कोही पनि आएका छैनान् । सम्वन्धित निकायलाई बुझ्दा केही जानकारी नभएको प्रतिक्रीया आएको स्थानीयले गुनासो गदै आएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा एम विवि एस डाक्टर र एच एकोे दरवन्दि भए पनि हाल सम्म उक्त दरवन्दि रिक्त रहेका छन । दोलखामा कार्यरत हेल्थ असिस्टेन्ट वसन्त रेग्मीको रोजाइमा परेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी उहाँको पखाईमा रहेको छ । हेल्थ असिस्टेन्ट रेग्मीका लागि रोकि राखेकोे कोटा अहिले प्लेन र गाडिको सिट रोकि राखेको जस्तो भएको नाम नखुलाउने सर्तमा एक जना कर्मचारीले बताएका छन । यता हेल्थ असिस्टेन्ट रेग्मीले भने स्वास्थ्य संयोजक दिए मात्र आउने र नभए नआउने सर्तमा रहनुभएको बताईएको छ । स्वास्थ्य केन्द्रमा अहिले डाक्टर नहुदा जटिल खालका विरामी तथा प्रसुतिलाई उपचारमा समस्या हुने गरेको स्थानियले बताएका छन ।
जिल्लाका चारवटा स्थानिय तह लगायत हुम्ला, जुम्ला, मुगु र कालिकोटका सामान्य विरामी आउदा पनि हवाइ भाडा तिरेर नेपालगञ्ज, सुर्खेत काठमाण्डौ लगायतका सुविधा सम्पन्न ठाँउमा रिफर गर्नु परेको अस्पताल सो्रतले जनाएको छ । बाजुरा जिल्ला दुर्गम तथा पिछडिएको र भौगलिक हिसावले असुविधाका कारण प्राथमिक स्वाथ्य केन्द्र कोल्टी कसैको रोजाईमा नपरेको हुदा हाल सम्म नगरपालिकाकाले पनि डाक्टरको ब्यवस्थापन गर्न नसकेको बताईएको छ । प्राथमिक स्वास्थ्य केन्द्र संगै रहेको ल्यापमा आवश्य औजार उपकरण नहुदा जटिल खालका विरामीको चेक जाँच गर्न समस्या भएको छ । ल्यापमा अति आवश्यक सामाग्रि कन्टीनर, खकार टेस्ट, युरीनकेशिड, माक्स लगायतका उपकरण नहुदा स्वास्थ्य कर्मिलाई रोग सर्ने डर रहेंको बताईएको छ । उपकरण्का लागि माग फाराम भरे पनि समयमा समान आईनपुग्ने स्वास्थ्य कर्मिले बताएका छन । अहिले अस्पताल ओजेटिको भरमा चलिरहेको छ । अस्पतालमा दैनिक १२ जना ओजेटिका प्रशिक्षार्थि रहेका छन ।

प्रतिक्रिया दिनुहोस