राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

काठमाडौं :-  राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान शुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान शुरु भएको हो ।

वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका थिए ।
यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ ।

प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस