डोजर अप्रेटर र सवारी चालकको जिवनस्तर उकास्न परियोजना सुरु

चितवन – देश बिदेशमा मजदुरी गरिरहेको सम्पुर्ण डोजर अपरेटर र सवारी चालक समुदायको सामाजिक तथा आर्थिक परिवर्तनका लागि परियोजना सुरु भएको छ । सामाजिक कार्यमा क्रियाशिल चितवन स्थित डोजर अपरेटर तथा सवारी चालक संघ नेपाल नामक सस्थाले सम्पुर्ण डोजर अपरेटर्स र सवारी चालकसंगको सहकार्यमा सम्पुर्ण डोजर अपरेटर र सवारी चालकको आर्थिक सामाजिक, शिक्षा स्वास्थ्य लागायतको परिवर्तनका लागि “थोपा टिपौ,घैला भरौ-मलाइ पर्दा तिमी अनि तिम्लाइ पर्दा म”भन्ने नाराका साथ अपरेटर्स भिजन कर्पोरेसन परियोजना सुरु गरिएको हो ।
प्रत्येक अपरेटर र र सवारी चालकले आफ्नो एक छाकमा एक गांस काटेको र सहयोगी हात मार्फत जुटेको साधान र श्रोत बाट सम्पुर्ण डोजर अपरेटर र सवारी चालकमा बिद्ध्यमान समस्या र जिबनस्तर परिवर्तन गर्ने परियोजनाको लक्ष्य रहेको डोजर अपरेटर तथा सवारी चालक संघ नेपालका अध्यक्ष हिमाल विश्व्कर्माले बताउनुभयो ।
अध्यक्ष विश्वकर्माले मृत्यु लाई हत्केलामा राखेर भिरमा झुन्डिदै र सुरुङमा पस्दै देशको बिकास निर्माणकार्यमा खटिरहेको डोजर चालकहरु विभिन्न अफ्ट्यारा परेको वताउदै मालिक र ठेकेदार बाट आफ्नो पारिश्रमिक नपाएको कारण जिविकापार्जनमा जटिलता सृजना भएको र सवारी चालक अनुअमती पत्र (लाइसेन्स ) बिना काम लगायो लगायो पारिश्रमिक नपाएर कानुनी बाटो खोज्दा समेत हार बेहोर्नु परेको र आफ्नो पसिना डुबाउन परेको धेरै डोजर चालक र सवारी चालकहरु संग सहकार्य गरि भविस्यमा एउटा लाई दिख्दा साइलाइ दुख्न सकोस भनेर यस परियोजना सुरुबात गरिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,“हामीले यस अघि सम्पुर्ण डोजर अपरेटर र सवारी चालक समुदायको जीवनस्तर परिवर्तनका लागि रोल्पाको एक बहुप्रतिष्ठित कम्पनीबाट अपरेटरलाइ एक वर्षको पारिश्रमिक बाट वन्चित र दुर्ववहार गरिएकोमा पुर्ण उद्दार पोखरामा दुर्घटना परेको धादिङ जोगिमाराका प्रख्यात आरेटर सुर्य मरहट्टा बचाउन जुटाइएको रु ८ लाख मेसिन भित्रै हर्टअट्याक भएर जीवन गुमएका सेते सार्की तनहुको परिवारलाई दुखमा गरेको राहत सायोग लाइसेन्स संबंधित अनभिज्ञलाइ परामर्श र लाइसेन्स प्राप्तिको लागि सुझाव र राष्ट्रिय हित बिपरित गैरकानुनी कृयाकलप गर्ने बिरुद्ध स्थानिय निकायलाइ ध्यानाकर्षण र राज्य संयन्त्रलाई सहयोग युवतीलाई गर्भवती बनाएर फरार अपरेटर लाई पक्राउ र कानुनको अधिनमा बुझाइ सफलता हासिल गरिसकेका छौँ। अबको लक्ष्य उल्लेखित सामाजिक काम संग संगै परियोजनाले सम्पुर्ण डोजर अपरेटर र सवारी चालकहरिको पारिवारिक शिक्षा, स्वास्थ्य आथिर्क आयआर्जन लगायतमा परिवर्तन आउने खालको परियोजना सुरु गरेका हौँ।” महिनाको ५०० र बार्षिक ६००० बाट सुरु गरिने परियोजनको पहिलो चरणको लक्ष्य ३० – ५० लाख रुपैया बाट अगाडी बढाउने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
सफलता प्राप्त गर्दै निरन्तर सम्म चल्ने यस परियोजनाको २०७६ साल साउन १८ गते चिरवन बाट एक कार्यक्रमकाबिच डोजर अपरेटर तथा सवारी चालक सङ नेपालको अध्यक्ष हिमाल विश्वकर्माले उद्घाटन गर्नु भएको थियो। साधारणसभा बाट परियोजनाको उद्घाटन गर्दै अध्यक्ष बिश्वकर्माले सरकारी तथा गैरसरकारी संघ संस्था, सहयोगी मन ,स्थानीय निकाय संग सहयोग याचन गर्दै सम्पुर्ण डोजर अपरेटर र सवारी चालकहरु लाई जागरुक हुनु पर्ने समेत बताउनुभयो । देशको हरेक नगरपालिका गाउँपालिकाको वडा जिल्लाको डाडाँमा बाटो, खानेपानी पुला विद्युत र भवन पुर्याएर बिकट गाउलाइ सुन्दर सहरमा परिवर्तन गर्न अहोरात्र रगत पसिना बगाउने हामि डोजर अपरेटर र सवारी चालकहरुको पनि परिवर्तनको खाँचो रहेको उहाँको भनाई छ।
अध्यक्ष विश्वकर्माले भन्नुभयो, “ देशको विकास निर्माणमा रगत पसिना बगाउदै अब हामी सवै जागरुक भै मानसिक परिवर्तन गरी जीवनस्तर सुधार र आर्थिक विकासमा लाग्नुपर्छ, आर्थिक विकासका लागि मानिसमा चेतनाको विकास आवस्यक हुन्छ । ”अनुमानित नेपालमा २५ हजार डोजरजन्य र एक करोड अन्य सवारी साधानहरु रहेकोमा देश बिदेश गरि डेढ लख दक्ष अपरेटर मध्य नेपाली लाइसेन्स प्राप्त डोजर चालक भने लाभग २१ / २२ हजार रहेको अनुमन गरिन्छ छन् ।

प्रतिक्रिया दिनुहोस