हिमाल विश्वकर्मा
काठमाडौ – रामेछप मन्थली घर भै हाल गोठाटार काठमाडौमा एस्कावेटर चलाइरहनु भएको अपरेटर तथा कलाकार भुवन ब्रो ले पनि डोजर अपरेटर तथा सवारी चालक संघ नामक संस्था द्वारा संचालित अपरेटर्स भिजन कर्पोरेसनलाई साथ दिने भएका छ्न।
डोजर अपरेटर , जीवन कहानी, जस्ता गितको एल्बम निकाल्न सफल मोडल भुवनले नेपाली चलचित्र चार्डमा पनि राम्रो अभिनय दिएका छ्न। चर्चित कलाकार र प्रख्यात डोजर चालक भुवनको अनुसार अपरेटर भिजन कर्पोरेसनले समग्र अपरेटर र सवरी चालकहरुकै जीवनस्तर उकास्ने योजना अगाडि बढाएको बताउदै उहाले हत्केलामा मृत्यु बोक्दै भिरमा झुन्डिएर देशको बिकास निर्माणमा अग्रपंतिको भुमिका खेल्नु हुने सबै आरेटर हरुलाइ आफ्नो ज्यानको सुरक्षामा सतर्कता अपनाउनु हुन अनुरोध गर्दै सबै अपरेटर मिलि भवितव्यं दुर्घटनाको बलियो साहरा यस डोजर अपरेटर तथा सवारी चालक संघ लाई बनाउनु पर्ने बताउनु भयो। तीन वर्ष यता धेरै दुर्घटना भैरहेको र करिव दिनहु जसो अपरेटर पुरिएर मर्नु परेकोमा दुख ब्यक्त गर्दै सुरक्षा संयन्त्रमा सरकारको नजर फराकिलो हुनु नसकेको गुनासो समेत गर्नु भएको थियो।