सांसद गुरुङविरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सार्वजनिक मुद्धा दर्ता गरेका हुन् ।
मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हातपात गरेका थिए ।
सांसद मनाङ्गेले मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए ।
उक्त मागबारे सम्बोधन गर्दै गर्दा आवेशमा आएर सार्वजनिकस्थलमै मनाङ्गेले अध्यक्ष गुरुङलाई मुक्का हानेका थिए ।
यता, गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङेले सानो घटनालाई कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले ठुलो मिडियाबाजी गरेको आरोप लगाएका छन् ।
बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै सांसद मनाङेले कानुनले नदेखेका कतिपय कुरा पावरकै भरमा सिस्टममा ल्याउनुपर्ने बताए ।
कास्की एन्फाका अध्यक्ष पहिले आफ्नै टिममा रहेको र अहिले ठूलो कुरा गरेको हुनाले आफूले हातपात गरेको मनाङेको दाबी थियो ।
खेलाडीलाई व्यवस्थापन नगरेको भन्दै मनाङेले मंगलवार गुरुङमाथि हातपात गरेका थिए ।