तुलसीपुरमा बहुप्राबिधिक शिक्षालय ‘मेट्रो कलेज’को मुख्यमन्त्री पोखरेलद्धारा उद्घाटन

कमल पोखरेल/दाङ :-

दाङको तुलसीपुरमा बहुप्राबिधिक शिक्षालय (मेट्रो कलेज)को उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको कलेजनको बुधबार उद्घाटन गरिएको हो । शिक्षालयको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको छ। शिक्षालयको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मेट्रो कलेजलाई नमूना बनाउने तयारी भएको बताउदै त्यसकालागि प्रदेश सरकारले यस बर्ष १० करोड सहयोग गर्ने बताउनुभयो । ‘शिक्षालयको अहिले उद्घाटन गरेको त न्वारान गरेको मात्रै हो’ उहाँले भन्नुभयो‘ ‘यसलाई नमूना बनाउने योजना बनामा हामी छौं ।’

अहिले नेपालमा काम गर्ने जनशक्ति बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको भन्दै उहाँले यस शिक्षालयले नेपालमानै दक्ष जनशक्ति उत्पादन गर्नमा सहयोग पुर्याउने बताउनुभयो । प्रदेश नं. ५ मा सिमेन्ट उत्पादनको हव बन्ने र सोही अनुसार प्रदेश सरकारले प्रक्रियालाई अघि बढाएको भएपनि सिमेन्टमा काम गर्न सक्ने दक्ष जनशक्ति नेपालमा नहुँदा बाहिरबाट ल्याउनु पर्ने अबस्था रहेको उहाँको भनाई छ । त्यसैले सानातिना प्राबिधिक सीपहरु पनि प्राबिधिक शिक्षालयले दिनुपर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

अहिले पशुपति माबि हरिपौराको जग्गामा उक्त शिक्षालय निर्माण गरिन लागेको छ । उक्त स्थानमा बन बिज्ञान पढाईरहेको भएपनि भबिष्यमा कृषि, पशु, होटेल म्यानेजम्यान्टलगायतका बिषयहरु पठन–पाठन गर्ने गरि तयारी थालेको उहाँको भनाई छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्यम पाण्डेले अहिले बन बिज्ञानमा ४० जना विद्यार्थीहरु अध्यापन गरिरहेको भएपनि अबको १० बर्षभित्र पाँचहजार जना विद्यार्थी पढन सक्ने गरि पूर्वाधार निर्माण गर्नकालागि आफुहरुले तयारी थालेको बताउनुभो। त्यसकालागि ३० देखि ५० करोडसम्म लगानी लाग्ने उहाँको भनाई थियो ।

प्रमुख पाण्डेले सोही स्थानमा पाँचसय विद्यार्थीले अनुसन्धान गर्न सक्ने गरि आईटि पार्क, करिब तीन हजार विद्यार्थीलाई ईन्टेकका रुपमा अध्यापन गराउने, कृषिका विद्यार्थीकालागि कृषि फार्म, पशु पढ्ने विद्यार्थीकालागि पशु फार्म, बनकालागि बोटानिकल गार्डेन, होटल र हस्पिटालिटीकालागि होटेल निर्माण गरिने गरि तयारी थालिएको बताउनुभयो। सोही कार्य प्रदेश नं. ५ कै ‘ गेम चेन्जर’ हुने समेत उहाँको भनाई थियो । अहिले तुलसीपुरमा सातवटै प्रदेशका विद्यार्थीहरुले अध्ययन गर्न समेत पाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस