एक गाँस काटेर अपरेटर्स भिजन कर्पोरेसन संचालन गर्दै।

काठमाडौ–  बिदेश र नेपालको हरेक कुनाको बिकास निर्माणकार्यमा अहोरात्र खटिरहेको डोजर चालक र अन्य सवारी चालकहरु मिलेर छाकमा एक गाँस काटी नेपाल बङगलादेश बैंक को खाता न : 021005771C मा जम्मा गर्ने भएका छ्न। त्यही काटेको एक गाँस बाट अपरेटर्स भिजन कर्पोरेसन नामक प्रोजेक्ट संचालन गरी आत्मानिर्भरताको लागि उत्पादन मुलक काम गर्न लागेको संस्थाको अध्यक्ष हिमाल विश्वकर्माले नेपालन खबरलाई जानकारी दिनुभयो।


सम्पूर्ण अपरेटरहरु एक हुने र एक अर्काको दु:ख सुखको सारथी बन्ने उदेश्यले सम्पूर्ण अपरेटरको साझेदारीमा डोजर अपरेटर तथा सवारी चालक संघ नामक संस्था दर्ता गरि राष्ट्रिय अपरेटर संचयकोष द्वारा
अपरेटर भिजन कर्पोरेसन(operator vision corporation)
प्रोजेक्ट संचालन गर्न लागेको भन्दै यस संस्थाको सदस्य र प्रोजेक्टको मालिक बन्ने सुनौलो अवसरमा कुनै शंका नगरी एक छाकमा मात्रै एक गाँस काटेर अर्थात महिनाको ५०० को दरले एकमुष्ट वार्षिक रु ६००० लगानी गर्न सक्ने नेपालको ७५ वटा जिल्लाबाट कम्तिमा जम्मा ५२५ जना अर्थात प्रत्येक जिल्ला बाट कम्तीमा ७ जना र बिदेशमा रहनुहुनेले पनि प्रत्यक देशको कम्तिमा ७ जना हामी सक्छौ, हामी गरौ भन्ने पदाधिकारी वा प्रतिनिधिको आवश्यकता परेको समेत जिकिर गर्नु भयो। उहाले सम्पुर्ण अपरेटर र सवारी चालकरुलाइ निसंकोच संस्थाको सदस्य र प्रोजेक्टको मालिक बन्न इच्छुक प्रतिनिधि कोही हुनुहुन्छ भने नाम टिपाउनु भै सदस्यता प्रमाणपत्र लिइदिनु हुन समेत अनुरोध गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस