प्रेम र पर्यटनको पर्यायवाची फिल्म ‘लभ डायरिज’ ट्रेलर सार्वजनिक

काठमाडौँ । पर्यटन व्यवसायी विनोद सापकोटाद्धारा निर्मित फिल्म ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक भएको छ ।

सौरभ चौधरीले निर्देशन गरेको उक्त फिल्ममा  सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमालले मुख्य भूमिका निर्वाह गरेका छन् । मधु बास्तोलाको कथा पटकर्थामा निर्मित फिल्मलाई संजय लामाले छायांकन गरेका छन् भने मिलन श्रेष्ठ र दिर्ध खड्काको सम्पादन रहेको छ ।

प्रेम कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा साहिल खानले सह निर्देशकको भूमिकामा रहेर काम गरेका छन् ।  नेपाल भ्रमण वर्षलाई सफल बनाउने उदेश्यले तयार पारिएको फिल्ममा मनाङ, मुस्ताङ लगायतका पर्यटकीय क्षेत्रलाई समेटेर निर्माण गरिएको छ ।

फिल्म रिलिज अगाडी नै दुई हल बुकिङ भइसकेका छन् । फिल्म फाल्गुन २ गते भ्यालेंन्टाईन्स डे को दिन रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस