चिसो भएमा के के कुरामा ख्याल पुर्याउनु पर्दछ ?

चीसोसँगै अनेक रोगहरू भाइरलको रूपमा देखापर्छन् । चीसोमा लाग्ने रोग त छँदै छ, साथै सितलहरका कारण पनि वर्षेनी मानिसहरूले ज्यान गमाउनु परेको छ ।

चीसोलाई न्यूनिरण गर्न, आफू बँच्न र अरुलाई पनि बचाउन निम्न कुरामा ध्यान दिनुहोस् ।

कम्तिमा दिनमा एक घण्टा अनिवार्य घामले देख्ने ठाउँमा बस्ने गर्नुस् । घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्यसम्बन्धी अन्य फाइदासमेत हुन्छ ।

वेलावेलामा तेलले शरीर मालिस गर्नुस् । यसका लागि तोरी, जैतुन र तिलको तेल प्रयोग गर्न सकिन्छ ।

शरीरमा ताप उत्पन्न गर्ने खानेकुरा सेवन गर्नुपर्छ । दूध र दूधजन्य पदार्थ र प्रोटिनययुक्त खानेकुरा खानुस् ।

जाडोमा मह सेवन गर्नुस् । यसमा प्रशस्त आइरन पाइन्छ, यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धिसमेत गर्छ ।

अदुवा सेवन चीसोबाट बच्ने उत्तम उपाय हो । यसले रुघाखोकीलाई समेत न्यूनीकरण गर्छ ।

बाहिर निस्कँदा बाक्लो कपडा लगाउनुस् । सवारीसाधन चलाउँदा भित्र हावा नछिर्ने ऊनीको बाक्लो ज्याकेट लगाउनुस् ।

प्रतिक्रिया दिनुहोस