रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा केशव घिमिरे ४ सय ८७ मत ल्यायर विजयी

पुष्कर खड्का/रामेछाप :- रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा केशव प्रसाद घिमिरे निर्वाचित भएका छन् । उद्योग वाणिज्य संघको रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आइतबार भएको निर्वाचनबाट अध्यक्षका आर्का उम्मेदवार जगन्नाथ दाहाल जेएनलाई ९ मतले हराउँदै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ९ सय ९२ मतमा घिमिरेले ४ सय ८७ र दाहालले ४ सय ७७ मत प्राप्त गरेका छन् ।निर्वाचनमा १२ जना जगन्नाथ दाहाल पक्षका विजयी भएका छन् भने अध्यक्षसहित एक जना खुल्ला सदस्यमा केशव घिमिरेको समुुहबाट सफल भएका छन ।विजयी हुने अन्य पदाधिकारीहरुमा नेकपा प्यालनबाट वरिष्ठ उपाध्यक्ष नविन थापा मगर, बाणिज्य उपाध्यक्ष–दामोदर थापा, उद्योग उपाध्यक्ष भिमसेन थापा, महासचिव नवराज ढुङ्गेल, सचिव–सुरेश उदास, कोषाध्यक्ष पवन कुमार कठेत, महिला सदस्यमा जया सुवेदी निर्वाचित भएका छन् भने आजिवन सदस्यमा आकाश रिजार विजयी भएका छन् ।
त्यसैगरी खुल्ला सदस्यमा किश्वर पौडेल, कुमार श्रेष्ठ, राजु थापा र सुमिका श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस