अनेरास्ववियू दाङको संयोजकमा जंग रोका र सहसंयोजकमा सर्जन परियार

काठमाडौं :-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध दुइ विद्यार्थी सगठनबीच एकता भएपछि बनेको अनेरास्ववियू दाङको संयोजकमा जंग रोका र सहसंयोजकमा सर्जन परियार चयन हुनुभएको छ ।

केन्द्रीय सबै जिल्लाका संयोजक र सहसंयोजक तोक्दै दाङमा संयोजक रोका र सहसंयोजकमा परियारलाई जिम्मा दिएको हो ।

त्यस्तै अनेरास्ववियू दाङको सहसंयोजकमा सर्जन परियार तोकिनुभएको छ । एकताअघि रोकाले माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन र परियारले एमालेसम्बद्ध विद्यार्थी संगठनको नेतृत्व गर्नुभएको थियो ।

त्यस्तै दाङका वीरबल खड्काले केन्द्रीय अनुशासन आयोग सदस्यको जिम्मेवारी पाउनुभएको छ । उहाँले पनि एकताअघि एमालेसम्बद्ध अनेरास्ववियूको नेतृत्व गर्नुभएको थियो । स्रोत सिस्ने अनलाइन

प्रतिक्रिया दिनुहोस