पुष्कर खड्का/रामेछाप – रामेछाप उद्योग वाणिज्य संघको नयाँ पदाधिकारीको लागि आइतबार मन्थलीमा मतदान कार्यक्रम सम्पन्न भएको छ । महासंघको अध्यक्ष लगायत १४ पदलका लागि मतदान भएको छ । मतदान बिहानदेखि अपरान्ह ४ बजेम्म भएको थियो । कले १ हजार ९९ मतदाता रहेको संघमा ९ सय ९२ मत खसेको छ । अहिले मतगणना सुरु भएको छ । निर्वाचनमा २ वटा समुह अलग अलग समुह बनाएर चुनावी मैदानमा छन् । वामपन्थी समुहबाट जगन्नाथ दाहालको अध्यक्षतामा उम्मेदवराहरुले चुनामा भाग लिइ रहेका छन् भने प्रजातान्त्रिक समुहको तर्फबाट केशव घिमिरे अध्यक्ष रहेको उम्मेदवारी दर्ता भएको छ । जगन्नाथ दाहालको समुहमा वरिष्ठ उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, सचिव, र कोषाध्यक्षमा क्रमश ः नविन थापा मगर, दामोदर थापा, भिमशेन थापा, नवराज ढुँगेल, सुरेश उदाश र पवनकुमार कठायत रहेका छन् ।
यसैगरी घिमिरेको समुहमा क्रमश ढाकल थापा, इश्वरचन्द्र श्रेष्ठ, रामसुदिश साह, कृष्णबहादुर थापा, रमेश ढुँगेल र प्रमोदकुमार श्रेष्ठ रहेका छन् । सदस्यहरुमा दाहाल पक्षबाट आकाश रिजाल, जया सुवेदी, सुमिका श्रेष्ठ, राजु थापा, कुमार श्रेष्ठ, किशोर पौडेल र सन्तोषदास कथवनी रहेका छन् । घिमिरे समुहमा अरविन कुमार श्रेष्ठ, डम्बरकुमारी भण्डारी, यज्ञप्रसाद सुवेदी, वासुदेव फुयाँल, विश्वराज कोइराला, नथुनी पुर्वे र सुनिरा श्रेष्ठ रहेका छन् ।