लक्ष्मण बस्नेत/दाङ :-
दाङको तुलसीपुरमा संचालित खुला फुटसल प्रतियोगिता २०७६ को उपाधी पब्लिक ज्ञानज्योती स्कुल तुलसिपुर ले चुमेको छ !
मुनाल युवा क्लब तुलसिपुर ४ रक्षाचौर दाङ को आयोजनामा संचालित प्रतियोगिता को फाईनल खेलमा स्काई सुर्खेत लाई पेनाल्टिमा शून्य का विरुद्ध २ गोल अन्तर ले पाखा लगाउदै पब्लिक ज्ञानज्योती तुलसिपुर ले उपाधी चुमेको हो ! उपाधी संगै उसले नगद ५० हजार पुरस्कार राशी तथा कप हात पार्यो !
उता फाइनलमा पराजित स्काई सुर्खेत उपबिजेतामा सिमित रहदै नगद २५ हजार पुरस्कार राशिमा चित्त बुझाउन बाध्य भयो ! तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा उल्लेख्य दर्शक का बिचमा भएको कडा प्रतिस्पर्धात्मक र शानदार खेल को निर्धारित समय सिमा सम्म ४-४ गोल को बराबरी भएपछी खेल को नतिजा पेनाल्टी सुट आउट बाट निकालिएको हो !
स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो !
खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री मोहन गौतम र आदेश के.सि. रहेका थिए !
माघ ४ गते सनिवार सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ ! यसैबिच प्रतियोगिताको समापन समारोह प्रतियोगिताका संयोजक सुरज डागी को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली ( माईकल) को प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका सदस्य तथा कार्यपालिका सदस्य दिपक कुमालको बिशिस्ट आतिथ्य मा भएको थियो !
सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेस्ट प्लेयर खेलाडी पब्लिक ज्ञानज्योतिका निशान डागी,बेस्ट डिफेन्स स्काई सुर्खेत का सुदिप गुरुङ र बेस्ट किप्पर मुनाल युवा क्लबका सुमन केसि लाई पुरस्कृत गरिएको प्रतियोगिताका सह संयोजक बिमल खड्काले जानकारी दिए !
कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गरेका थिए !