काठमाडौंको विगत र वर्तमान अवस्था झल्कने फोटो प्रदर्शनी

काठमाडौं :- विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएको युवा सञ्जालले काठमाडौंको विगत र वर्तमान अवस्था झल्कने गरी फोटो प्रदर्शनी गरेको छ ।

शनिबार टुँडिखेलमा आयोजित प्रदर्शनीमा अव्यवस्थित सहरीकरणले निस्सासिएको काठमाडौं सहरका विभिन्न फोटोहरु राखिएको छ ।

अव्यवस्थित सहरीकरणबाट काठमाडौं कुरुप हुँदै गएको भन्दै यसतर्फ सबै सचेत बन्न सञ्जालले आग्रहसमेत गरेको छ ।

साँघुरिँदै अनि मासिँदै गएको खुला स्थान, ऐतिहासिक महत्वका स्थान, सांस्कृतिक पुरातात्विक धरोहरहरुको जगेर्ना र संरक्षण गर्न फोटो प्रदर्शनीमार्फत् ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस