काठमाडौं :- बानेश्वर ब्याँकेट परिसरमा नौमती वाजा वजिरहेको थियो । अर्कोतिर परम्परागत रितअनुसार जग्गे राखिएको थियो । जग्गेको छेऊमा तामाको खड्कुँलामाथि दुल्हादुलहीको खुट्टा राखेर माइती पक्षले गोडाको पानी खाँदै थिए । दुलहा दलित थिए, दुलही राणा । केहीले भनिरहेका थिए, आजकालको जमानामा टिका लाइदिए भइहाल्यो नि किन पानी नै खानुप¥यो । दुलहीका मामाले जवाफ दिदै थिएँ : छोरी लक्ष्मी हो भने ज्वाईं नारायण हो, त्यसैले पानी खानु त महाधर्म हो । वेहुली पक्षका कोही हुन्क्यार, सानो स्वरमा भनिरहेका थिए पानी नै त किन पिउनु र ? सायद दलित जातिको पानी किन खानु भनेको हो कि ? दुलहीकी आमाले भन्दै थिईन्, हाम्री छोरी जे जात हो, ज्वाई पनि त्यही जात । अव छोरीको पानी खाँदा ज्वाईको किन नखाने ? यो त झन् ठूलो पुण्य पो त ।