सञ्चारकर्मी कुमार आचार्यले निर्देशन रहेको गीत ‘कसो कसो माया बस्यो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा चर्चित गायक प्रल्हाद तिमल्सिना र शान्ता खत्री कार्कीको स्वर रहेको छ। लामो समय देखि सञ्चार कर्ममा क्रियाशिल रहेका आचार्य पछिल्लो समय निर्देशनमा पनि उक्तिकै सक्रिय छन्।
रिमेश कुमारको सङ्गीत रहेको गीतमा शान्तकाको शब्द रचना रहेको छ। विशाल निरौलाले गीत एरेञ्ज गरेका हुन् । भिडियोमा सोनाल तामाङ, फरिता खड्का र कविता राय फिचर्ड छन् ।
रवि कोइरालाले छायाङ्कन गरेको म्युजिक भिडियोलाई विष्णु खड्काले सम्पादन तथा हरिश खनालको कोरियोग्राफी गरेका हुन् ।