फरक स्वादमा हास्य टेलिशृंखला तिरीमीरी

काठमाडौं :- हास्य टेलिशृंखलाको लहर चलिरहेका बेला नयाँ टेलिशृंखला तिरीमिरी फरक स्वादका साथ दर्शकमाझ अाएको छ। मिडिया हबद्वारा प्रस्तुत टेलिशृंखला सामाजिक बिषय बस्तुमा अाधारित रहेको निर्माण पक्षले जनाएको छ।

समाजमा भैरहेको भ्रष्टाचार, विकृति गरिबमाथि धनी मानिसले गर्ने ब्यबहर र समाजका राम्रा नराम्रा गतिविधिलाई कडा ब्यंग्य प्रहार गरि टेलिशृंखाला तयार पारिएको छ।

बिनोद परियारको लेखन तथा निर्देशन रहेको उक्त टेलिशृंखालामा विनोद परियार,लक्ष्मण चौलागाईं,रोशनी सापकोटा,रोहित कार्की,बिष्णुप्रसाद मरासिनी,टुल्कु तामाङ,रिजन कडेल,सबिना गुरुङ,रमेश बुढामगर,प्रदीप शिवा,प्रकाश विक,राजेश पोख्रेल,प्रनिशा कार्कीलगायतका कलाकारको अभिनय छ। शृंखलालाई मिडिया हवले प्रत्येक सोमबार युट्युबमार्फत प्रशारण गर्दै अाएको छ भने अब छिट्टै टेलिभिजन मार्फत प्रशारण गर्ने तयारी गरिरहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस