सरकारले आदिवासी जनजाती लाई उपेक्षा गर्यो : चौधरी

आशिष केसी/दाङ :-
प्रदेशसभा सदस्य डिल्ली चौधरीले अहिलेको सरकारले आदिवासी जनजाती लाई उपेक्षा गरेको बताएका छन् । नेपाल मगर संघ तुलसीपुर नगर समितिले विहिबार तुलसीपुर ७ को बराहथानमा आयोजना गरेको माघि विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मगर, थारु र जनजातीको संस्कृती संरक्षणमा राज्यको ध्यान पुग्न नसकेको उनको भनाई थियो । कार्यक्रमका प्रमुख अथिती समेत रहेका चौधरीले संघीयताले सबै जाति, धर्म, भाषा, कला, संस्कृति लाई सम्बोधन गर्न नसकेको गुनासो गरे । माघे संक्रान्ती पर्वलाई थारु र मगर समुदायले मुख्य पर्वको रुपमा मनाउँदै आएको बताउँदै यसलाई परम्परागत शैलीमै मनाउन पाउनुपर्ने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अथिति नेपाल बौद्ध सेवा समाज प्रदेश ५ का उपाध्यक्ष बलभद्र कुसारीले नेपालमा मगर जातीको बाहुल्यता भएपनि सरकारले यसप्रति चासो नदिएको बताए । मगर जातिको परम्परा र संस्कृती संरक्षणमा सबैले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

माघी पर्वको अवसरमा मगर जातिको संस्कृती संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा
विभिन्न मगर संस्कृती झल्किने प्रस्तुति समेत राखीएको थियो । प्रतिकुल मौसमका बावजुत पनि दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायक प्रेम विवश घर्ती मगर, शान्ता घर्ती मगर, पुर्ण पुन मगर , सन्ध्या मगर , ममता मगर, दत्त बुढा मगर, शुरेस सि. एन लगायतका कलाकारहरू को बेजोड प्रस्तुति रहेको थियो । साथै मगर संस्कार अनुसार चेली पुज्ने र धनुषवाण हान्ने कार्यक्रम पनि भएको थियो ।

नेपाल मगर संघ तुलसीपुर नगर समिति का अध्यक्ष राम कुमार घर्ती को अध्यक्षतामा कार्यक्रममा भएको हो । नेपाल मगर संघ तुलसीपुर नगर समितिको आयोजना तथा पुर्वी रुकुम तकसेरा समाज तुलसीपुर को सह आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ प्रदेश ५ का सदस्य सारदा पुन मगर लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर समितीका सचिव टीकाराम पुन मगरले
गरेका थिए ।

प्रतिक्रिया दिनुहोस