प्रहरीजवान श्रेष्ठले दिइन् गायिका आस्था राउतविरुद्ध उजुरी, कारबाहीको माग

काठमाडौं :-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत् प्रहरीजवान रमिता श्रेष्ठले गायिका आस्था राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी छन् ।

‘अभद्र व्यवहार’

विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीजवान श्रेष्ठले शुक्रबार उजुरी दिएकी हुन् ।

हदैसम्मको कारबाही माग

उजुरीमा आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

घटना

गएको बुधबार काठमाडौंबाट भद्रपुर जान लागेकी गायिका आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीसँग भएको भनाभनलाई लिएर फेसबुकमा प्रहरी संगठन र सुरक्षाकर्मीहरुलाई गाली–गलौज गरेको भिडियो सार्वजनिक भएको छ ।

‘आपत्तिजनक शब्द’सहितको भिडियो

सामाजिक सञ्जालमार्फत् आफूलाई गाली–गलौज गरेको भन्दै प्रहरीजवान श्रेष्ठले उजुरी दिएकी हुन् ।

गायिका राउतले विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै सामाजिक सञ्जालमा ‘आपत्तिजनक शब्द’सहितको भिडियो हालेकी थिइन् ।

‘सीसीटीभी फुटेज’मा के छ ?

तर, विमानस्थलबाट प्राप्त ‘सीसीटीभी फुटेज’मा भने गायिका राउतले सुरक्षा जाँचमा अटेर गर्न खोजेपछि भनाभन भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस