स्कावेटर तोड्फोड गर्ने दुई पक्राउ।

हिमाल विश्वकर्मा
काठमाडौ – टुपीडाँडामा मोटरसाइकलमा आगजनी र दुई स्काभेटर तोडफोड गर्ने पक्राउ परेका छन् । प्रहरी चौकी दुम्जाले सुनकोसी गाउँपालिका १ का १५ वर्षीय दिपक बर्मा शाह र रामेछाप मन्थली नगरपालिका- ६ का १८ वर्षीय विनोद आछामीलाई पक्राउ गरेको हो।

उनीहरुले गएराति १० बजे टुपीडाँडामा बा ८७ प ८८८७ नम्बरको मोटरसाइकल आगजनी र मरिण–लालबन्दी सडकमार्गमा काम गर्न ल्याइएको दुई वटा इस्काभेटर तोडफोड गरी चोरी गरेका थिए ।
मोटरसाइकलमा आगजनी तथा स्काभेटरमा तोडफोड गरी चोरी गरेको खबर पाएलगत्तै खटेको प्रहरी टोलीले उनीहरुलाई राती साढे २ बजे पक्राउ परेको प्रहरी चौकी रातमाटाका प्रहरी हवल्दार कृष्ण घिमिरेले जानकारी दिए ।
स्थानीय शुक्रराम तोलाङ्गेको मोटरसाइकल जलेर पूर्णरुपमा नष्ट भएको घिमिरेको भनाई छ । ‘मदिराले लठ्ठ भएका दुबैलाई नियन्त्रण लिएर उनीहरुले स्काभेटर फुटाएर चोरी गरेको १ थान स्पिकर र १ थान कम्बल बरामद गरियो। उक्त सामानहरु स्काभेटर चालकलाई हस्तान्तरण गरिएको छ,’ उनले भने ।

तोडफोड गरिएका दुवै स्काभेटर वनटेस्ट हुन् । सडकमा पार्किङ गरि चालकहरु खानाखान गएका बेला तोडफोड भएको हो । उनीहरुमाथी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस