गायिका तथा मोडेल सृशा कुँवरले बहुचर्चित गीत ‘बिस्तारै बिस्तारै’को फिमेल भर्जन बजार लिएर आएकी छिन् ।
रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा रहेको उक्त गीत ४ बर्ष पहिले रोहित क्षेत्रीकै आबाजमा निकै चर्चित तथा लोकप्रिय बनेको थियो । अहिले सोहि गीत गायिका सृशा कुँवरको आबाजमा उत्तिकै मिठो शब्द र संगीतका साथ बजारमा आएको छ ।
तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका सृशा कुँवरको मुख्य अभिनय रहको उक्त म्युजिक भिडियो वाईड स्क्रिन मिडियालेले बजारमा लिएको हो । मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गीत अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् ।
यो गीतको फिमेल भर्जनलाई पनि दर्शक स्रोताले अत्यधिक मनपराउने आशा उक्त टिमले गरेको छ ।