नाट्टा निर्वाचनमा चाइनिज टुर अपरेटरको समर्थन गुरागाईँ प्यानललाई

काठमाडौँ । नेपाल एसोशिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनले पर्यटन बजारको ध्यान केन्द्रित भएको छ । निर्वाचन मिति नजिकिएसँगै चुनावी मैदानमा उत्रिएका तीन प्यानले चुनाव प्रचार प्रसारलाई व्यापक बनाएका छन् ।

आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ नेपाल टूर तथा ट्राभल एजेन्स (नाटा) को निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारको लागि अच्युत गुरागाईँको प्यानललाई चाइनिज टुर अपरेटरले विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । बिहीबार बेलुका राजधानीको एक रेस्टुरेन्टमा कार्यक्रम गरी चाईनिज टुर अपरेटरले यस्तो प्रतिक्रिया दिएको हो ।

माघ ३ गते हुने नाटा २०२० को आसन्न निर्वाचनमा गुरागाइँ अध्यक्ष रहेको समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् । यस्तै सदस्यहरुमा परशुराम घिमिरे, नवराज भेटुवाल र रमेश थापा रहेका छन् । गुरागाइँ वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस