प्रहरी सवार गाडी दुर्घटना ३० प्रहरी घाइते

हिमाल बिश्वकर्मा

चितवन: तनहुँको देवघाट गाँउपालिका ५ कालिमाटीमा प्रहरी सवार गाडी दु’र्घटनामा परेको छ । दुर्घटनामा ३० जना प्रहरी घाइते भएका छन् । देवघाटको माघी मेलाको सुरक्षाका लागि आएको जिल्ला प्रहरी कार्यालय तनहुँको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए। घाइतेको उपचारका लागि भरतपुर ल्याइएको छ । दुर्घटनामा केही प्रहरी गम्भीर घाइते भएको स्थानिय पन्चबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस