आज माघे संक्रान्तिः नुवाकोटको तारुकामा गोरु जात्रा

काठमाडौं :-  नेपालीको घर घरमा माघेसंक्रान्तिका दिनमा अनेक खाद्यपदार्थ उसिनेका तरुल, पोलेका पिंडालु , घ्यु चाकु, तिलौरा,फुलौरा ,सेल रोटी, मासकोे खिचडी साथमा परम्परा अनुसारको सगुन । यो बिचमा तारुकाको चंदनीमा भने थप रमिताका साथ गोरु जुधाईन्छ ।

भान्सामा परम्परागत अनेक परिकार पकाएर खाने परम्परा सगै नुवाकोटमा ऐतिहासिक रुपमा नै गोरु जुधाउने परम्परा छ । नुवाकोट तारकेश्वर गाउपालीकाको गोरु जुधाईको इतिहांस नियाल्ने हो भने फरक फरक धारणा रहेको पाइन्छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा एक सय ३० वर्षअघिदेखि प्रत्येक माघे संक्रान्तिमा गोरु जुधाउने प्रचलन छ ।

जयपृथ्वीबहादुर सिंह बझाङका ५६औँ राजा दस बर्षको हुँदा काठमाडौँको जाडो छल्न आमासँगै मामा घर तारुका आएका थिए । उनी तारुकाका ‘झोलीको देउता’त्यसमाथी पनि बझांगी राजा बिक्रमबहादुर सिंहको छोरा उनको मनोंरञ्जनका लागी माघेसंक्रान्तिका दिन गोरु जुधाएको भन्ने एकथरी स्थानियको भनाई छ ।

त्यस बेला देखी तारकेश्वर गाउपालीका वडा नं ३ मा निरन्तर माघे संक्रान्तिमा गोरु जुधाउने संस्कार चल्दै आएको छ ।
तार्केश्वर गाउपालीकाका अध्यक्ष रमेश बहादुर वस्तीका अनुसार तारकेश्वरमा गोरु जुधाइको संकारलाई जीवन्त राख्न २०६२ साल देखि स्थानीय युवाको पहलमा मेला र पर्वकै रुपमा मनाउन थालिएको हो ।

तारुकामा माघीको दिनमा जुधाउने गोरुहरु ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको हुन्छ । पछिल्लो बर्षहरुमा गोरु धनिहरुलाई नगद पुरस्कार को ब्याबस्था समेत गरिदै आइएको छ ।
दर्शक गोरुको लडाइमात्रमा रमाइ रहेका हुदैनन् , गोरु मालीकहरुको अनुहारले समेत दर्शकलाई लालाहित तुल्याउ छ । मैदानमा बुंग बुंगी धुलो उडाएर जुधिरहेका गोरु धनीका अनुहार त झन् छिनछिनमै हाँस्ने र रुने गरिरहेको हुन्छ । हुन पनि किन नहोस बर्ष भरी लगाएर गोरुको रेखदेख र छोरा छोरीलाई जस्तै माया गरेर सिपाहीको रुपमा मैदानमा तयार गरेर ल्याएका हुन्छन् ।

नेपाल भ्रमण बर्षलाई समेत टेवा पुग्ने लक्ष्य गाँउपालीकाले राखेको छ । मोटरबाटोको सुबिधा, बाइक तथा सवारी पार्किङको सुबिधा, खाना खाजाकोलागी होटलको राम्रो ब्याबस्था रहेको र आबश्यकता अनुरुप सेवा थप गरीने आयोजक समितीका सचिव केशब रिमालले बताएका छन् । उनका अनुसार बोटोमा धुलो उड्न नदिन पानी हाल्ने ,सार्वजनीक यातायातको साधनको ब्याबस्था समेत गरिएको उनले जानकारी गराए ।

बाह्य अबलोकनकर्ताहरु पनि सहजै रुपमा तारुकाको चंदनीमा आउन सक्छन् ।जसको लागी काठमाडौँबाट ५० किलोमिटर पश्चिम र पोखराबाट एक सय ५० किलोमिटर पूर्वमा गल्छी पर्दछ ।
गल्छीबाट कोल्पुटार हुदै त्रिशुली नदीको तिरैतिर तारुकाघाट आइपुगिन्छ ,भने तारुकाघाटमा त्रिशुली पारीपट्टी तारकेश्वरको मन्दिर छ, त्यही मन्दीर हुदै करिब ७ किलोमिटरको दुरी पार गरेपछि गोरु जुध्ने ठाँउ चंदनी पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस