नयाँ पात्रो अनुसार असोजमा १ महिना मलमास परेकाले नेपालीका ठूला चाडपर्व करीब १ महिना धकेलिएका हुन् ।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले असोजमा मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए ।

आउँदो वर्ष विवाहको लगन करीब १५ दिन जति मात्रै छ । २०७६ सालमा करीब ३० दिन साइत परेको थियो ।
ब्रतबन्धको साइत जम्मा ५ दिन मात्रै छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कात्तिक १ गते परेको छ भने विजादशमी १० गते परेको छ । तिहार कात्तिक २८ गते शुरू हुनेछ ।