भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाको शानदार जीत

काठमाडौं :- भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले शानदार जीत दर्ता गरेको छ । मुम्बईमा घरेलु टोली भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले विकेट नै नगुमाई पुरा ग¥यो । अस्ट्रेलियाले १० विकेटको जित दर्ता गर्दा ७४ बल बाँकी राखेको थियो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नर र आरोन फिन्चले शतकीय पारि खेले । दुवै जना खेलाडीले शतक बनाउँदा भारतका कुनै पनि बलर हावी हुन सकेनन् । वार्नरले ६ रन बनाउँदा जीवन दान पाएका थिए । आउट भएका त्यतिबेला ‘रिभ्यू’ बाट उनी जोगिएका थिए । त्यसपछि आक्रामक पारि खेल्दै शतक नै बनाए । वार्नर १२८ तथा फिन्च ११० रनमा नट आउट रहे ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले सुरुआत भने राम्रो गर्न सकेन । १३ रन हुँदा पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भएका थिए । १० रन बनाएका रोहितलाई मिचेल स्टार्कले आउट गरेका थिए ।

त्यसपछि शिखर धवन तथा केएल राहुलले भारतको इनिङ्स उकास्ने प्रयास गरेका थिए । यी दुईकाबीचमा १२१ रनको साझेदारी भएको थियो । राहुल व्यक्तिगत ४७ रन बनाएर आउट भए । उनलाई एस्टोन अगरले आउट गरेका थिए । तेस्रो विकेटको रुपमा धवन ७४ रन बनाएर आउट भए । उनलाई पेट कम्युनले आउट गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका थिए । कप्तान विराट कोहली भने १६ रन जोडेका बेला जाम्पाको बलमा आउट भएका थिए । श्रियस एय्यर भने ४ रन बनाए आउट भए । ऋषभ पन्त र रविन्द्र जडेजाले ४९ रनको साझेदारी गर्दै २०० रन कटाएका थिए । जडेजा २५ रन बनाउँदै छैटौं विकेटको रुपमा आउट हुँदा त्यस लगत्तै पन्त पनि २८ रन बनाएर पेभेलियन फर्किए ।

कुलदीप यादव १७ रनमा रन आउट हुँदा सार्दुल ठाकुर १३ रनमा आउट भए । १० रन बनाएका मोहम्मद सामी आउट भएसँगै भारत ४९.१ ओभरमा २५५ रनमा रोकियो । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिँदा पेट कमिन्स र केन रिचर्डसनले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस