जन्मदिनको अवसरमा समाजसेवी भण्डारीद्वारा अनाथालयमा शैक्षिक सामाग्री वितरण

काठमाडौं :-  दाङका समाजसेवी सन्तोष भण्डारी उर्फ चरीले आफ्नो जन्मदिनको अवसरमा बिजाैरिको अनाथालयममा शैक्षिक सामाग्रि वितरण गरी फरक किसिमले जन्मदिन मनाएका छन् ।

खानपिन गरी तडकभडकका साथ मनाइने जन्मदिनलाई उनले फरक किसिमले बिजाैरिको अनाथालयमा शैक्षिक सामाग्रि सहयोग गरेर जन्मदिन मनाएका छन् । अाफुले गरेको सहयोगले अलिकति भएपनि राहत हुने विश्वास गर्दै भण्डारीले यहाँ सहयोग गरेको बताए।

राज्यले गरेको लगानीबाट नै सबैकुरा पुरा नहुदा स्थानिय स्तरबाट सहयोग हुन आवश्यक रहेको र यस्ता कार्य गर्न जाँडरक्सिमा पैसा सिध्याउनु भन्दा समाजीक कार्य गरेर जन्मदिन लगाएत अन्य पर्व मनाउन सबैलाई आग्रह गरे । साथै यस अवसरमा भण्डारीले जन्म दिने आमा बाबु प्रति हार्दिक अभार व्यक्त गर्दे सबैले आफ्नो जन्मदिन फरक रुपले मनाउन समेत सुझाव समेत दिए ।

प्रतिक्रिया दिनुहोस