फोर्कलिफ्ट अपरेटर रानाको कोरियामा मृत्यु

  • काठमाडौ: रोजगारीका लागि दक्षिण कोरिया पुगेकाका एक नेपालीको मृत्यु भएको छ । साढे ४ वर्षअघि रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत कोरिया पुगेका तनुँहका नरबहादुर रानाको गत आइतबार कम्पनीमा काम गर्ने क्रममा ज्यान गएको हो ।
    छुङ्छंङबुक्दो छेन्छुस्थित एक कम्पनीमा कार्यरत रानाको फोर्कलिफ्ट दुर्घटना हुँदा घटनास्थलमै ज्यान गएको हो । उनी सो कम्पनीको फोर्कलिफ्टमा हाइड्रोलिक तेलको पाइप कस्दै थिए । सोही बेला पाइप फुत्किदा त्यसमा लोड गरिएको फलामको वजनदार समान झरेर उनलाई किचेको र घटना स्थलमै ज्यान गएको जानकारी उनको साकर्मीले दिएको छ्न। उनको मृत शरीर नेपाल फर्काउन तयारी गरिएको पनि जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस