दाङमा यसरी मनाईयाे नेसनल प्यावसन काे २२औ स्थापना दिवस

दाङ :-  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेशनल प्याब्सनले आफ्नो २२औं स्थापना दिवश सामाजिक कार्य गर्दै भव्यरुपमा मनाएको छ। बृद्धबृद्धाहरुलाई सहयोग, बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग देखि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन कस्सिएका ऋषि परिवारलाई आर्थिक सहयोग गर्दै मनाएकाे हो ,सो अवसरमा तुलसीपुरमा भएको कार्यक्रममा बोल्दै एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबाेध कुमार डाङिलेशिक्षा सङसङै सामाजिक उत्तरदायित्व पूरा गर्ने कार्यमा अाफुहरुउत्तरदायी भएर लाग्ने बताएका थिए। जिल्ला अध्यक्ष भीमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए।

त्यस्तै तुलसिपुर एनप्याब्सनको आयोजनामा बिजौरीमा असहाय बालविकास का बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।एनप्याब्सन तुलसीपुरका अध्यक्ष भाेजराज न्युपाने को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विश्वकर्मा को प्रमुख आतिथ्यता एवं बिशिस्ट अतिथि शिक्षा महाशाखाका प्रमुख भाष्कर गौतम ,कार्यपालिका सदस्य दिपक कुमाल एनप्याब्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा ,प्याबसन तुलसीपुर अध्यक् गिरिराज डाङि जिल्ला बरिस्ठ उपाध्यक्ष बिमल गौतम लगायतले २२औं स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै निजी विद्यालयहरूको शिक्षासँगै सामाजिक कार्यमा गरेको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

अनाथालय सञ्चालक विष्णु चौधरीले अनाथ बालबालिकाको जिम्मेवारी लिएर पुण्य गरेको भन्दै आगामी दिनहरुमा आफूहरुबाट सहयोग गर्ने प्रतिबद्धता जनाउदै सामाजिक सेवा प्रतिको लगाव को मुक्तकण्ठले प्रशंसा गर्दै सबैका लागि उदाहरणीय काम गरेको बताएका थिए।एनप्याब्सन तुलसीपुरका प्रवक्ता भागबत भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रमको सहजीकरण एन प्यावसन तुलसीपुरका सचिव मेघराज पोखरेलले गरेका थिए

प्रतिक्रिया दिनुहोस