बाल बिबाह र बाल श्रम विरुद्ध नाटक अभियान

दाङ । तुलसिपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास साखाले नाटकको माध्यमबाट बाल बिबाह र बाल श्रम विरुद्ध अभियान चलाएको छ ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास साखाले आयोजक रहेको यो अभियान युनिसेफ नेपालको सहयोग तथा सम्बन्धित वडा कार्यालयको समन्वयमा बाल बिबाह तथा बाल श्रम बिरुद्ध कचहरी नाटक सन्चालन गरिएको हो । यो अभियान बालबालिकाहरुको उज्योल भबिस्य तथा समुन्नत समाज निर्माणका लागि सबै वडासम्म अभियान पुग्ने गरि प्रत्यक वडामा बिद्यालय केन्द्रीत अभियान सन्चालन गरिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास साखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

साखा प्रमुख श्रेष्ठका अनुशार केही दिन अघि शुरु गरिएको यो अभियान अन्तर्गत अहिले सम्म ६ वटा वडामा नाटक प्रदर्शन भैसकेका छन् । तुलसीपुर वडा नम्बर २,३,४,१०, ११ र १३ मा यो अभियान अनतर्गतको नातक प्रदर्शन गरिसकिएको छ । सबै वडामा यो अभियान संचालन हुनेछ । अभियान अन्तर्गत आज मात्रै तुलसिपुर ११ को अमर माबी उरहरी र १३ को अम्बेश्वरी माबी अम्बापुरमा कार्यक्रम सम्पन्न भएका हुन् ।

तुलसीपुर ११ नम्बरका वडा सदस्य सुबास डागिकाे अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नाटकको माध्यमबाट बाल बिबाह र बाल श्रम बिरुद्ध जनचेतना फैलाउन सन्चालन गरिएको बिद्यालय केन्द्रीत यो अभियानले बाल अधिकारको संरक्षनसंगै समुन्नत समाज निर्माणमा महत्त्वपूर्ण भुमिका निर्बाह गरेको र यो अभियान प्रभाबकारि चर्चा गरेका थिए । कार्यक्रममा अमर माबी उरहरिका प्रधानाध्यापक पदम प्रसाद न्यौपाने, तुलसीपुर १३ नम्बर वडा सदस्य कमला केसि लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहा नगरपालिका महिला तथा बालबालिका बिकास साखाका प्रमुख अधिकृत माया श्रेष्ठले गर्नुभएको थियो । नाटकमा बाल बिबाह र बाल श्रमका कारण समाजमा हुने नकारात्मक घटना र असरका बारेमा जनचेतनामुलक सामाग्री प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस