रामेछाप माकादुम वुद्धभवानी माविको अध्यक्षमा पुन तेजबहादुर बोहोरा निर्वाचित

पुष्कर खड्का/रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुमको वुद्धभवानी माविको अध्यक्षमा पुन ः तेजबहादुर बोहोरा सर्वसम्मतिले छानिएका छन् । विद्यालयमा सम्पन्न अभिभावक भेलाले बोहोराको अध्यक्षतामा ९ सदस्सिय विद्यालय व्यवस्थापन समिति गठन भएको छ । समितिका सदस्यहरुमा विन्द्रकुमार लामा, नरबहादुर बुढाथोकी, कमल महत, सुरेन्द्र केसी, प्रतिक लामा, बालकुमारी बुढाथोकी, कालिकादेवी खत्री रहेका छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रामचन्द्र खत्री रहेको छन् । यसैगरी यज्ञबहादुर कार्कीको अध्यक्षतामा ७ सदस्सिय शिक्षक अभिभावक संघ गठन भएको छ भने कृष्णहरि केसीको संयोजकत्वमा ९ सदस्सिय सल्लाहकार समति गठन भएको विद्यालय व्यवस्थाप समिति अध्यक्ष तेजबहादुर बाहोराले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस