२ नम्बर प्रदेश सरकारको सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राहत दिने निर्णय गरेको हो ।
महतोको हत्यामा संलग्न रहेका अभियुक्तमाथि कडा कारवाही गर्न समेत प्रदेश सरकारले पहल गरिरहेको छ ।
टिप्परले किचेर महतोको हत्या गरिएको भनेर स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।
नदी दोहन नियन्त्रणको अभियान चलाउने र जथाभावी ढुंगा, गिट्टी, बालुवा संकलनको विरोध गर्ने गरेका महतोको मृत्युलाई शंकास्पद रुपमा हेरिएको छ ।