olux

नाट्टामा हाम्रो टिम व्यावसायिक र समावेशी छ : धाख्वा समूह

काठमाडौं :-  नेपाल एसोशिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको माहोलले पर्यटन बजार तातेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा तीन प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले आफ्नो प्रचार-प्रसारलाई व्यापक बनेका छन् ।

तीन प्यानलमध्ये आज (आइतबार) धाख्वा प्यानलले परिचयात्मक पत्रकार सम्मेलन सम्पन गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षकी प्रत्यासी मिहीका शाहा धाख्वाले नाटाको व्यवसायीक प्रगतिको लागि आफ्नो प्यानलले उम्मेदवारी दिएको बताएकी छिन। धाख्वाले कुनैपनि राजनितिक पुर्वाग्रह नराखी स्वतन्त्र ढंगबाट अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

आगमी माघ ३ गते हुने निर्वाचनमा धाख्वा समुहमा बरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिबमा अमृत ढकाल, कोषाध्यक्षमा देबकी गुरुङ र सह–कोषाध्यक्षमा फूदोमा शेर्पाले मनोनयन दर्ता गरेका छन ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा बिजय राई, सुजिता गजमेर, बिष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, श्रृजना महर्जन र राजकुमार देबकोटाले मनोनयन दर्ता गरेका छन ।

प्रतिक्रिया दिनुहोस