olux

पश्चिमी भेगमा पानी र हिउँ पर्ने

काठमाडौं :- पश्चिमी वायुको सक्रियताका कारण आज (सोमबार) बेलुकीदेखि पश्चिमी पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।

आज दिउँसोदेखि देशको पश्चिमी भेगमा मौसम बदली भई पानी पर्ने उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मानन्धरका अनुसार काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागेपनि तराई भेगमा भने बाक्लो हुस्सु लागेकाले मौसम खुलेर घाम लाग्ने सम्भावना पनि निकै कम छ।

आज मध्य र पूर्वी भूभागमा सामान्यतः मौसम सफा रहने अनुमान गरिएको छ।
आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ । हुस्सु लाग्ने र पानी तथा हिउँ पर्ने क्षेत्रमा चिसो ठिहिरो पनि चल्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस