बौद्धमा गुण्डा नाइके लामामाथि गोली प्रहार

काठमाडौं :- सिन्धुपाल्चोकका फरार अभियुक्त विष्णु लामालाई पक्राउ गर्ने क्रममा वौद्ध प्रहरीले गोली चलाएको छ ।

लामालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको काठमाडौँ प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार कर्तव्य ज्यान र ज्यान मुद्दाका अभियुक्त लामा फरार थिए । आइतबार दिउसो बौद्धको टोलीले देखेर पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएको बताइएको छ ।

प्रहरी टोलीले निजको घुँडामुनि गोली प्रहार गरेको जनाएको छ । लामालाई अहिले उपचारका लागि प्रहरी नियन्त्रणमै वीर अस्पताल लगिएको छ ।
लामा दुई वर्षअघि सिन्धुपाल्चोकमा भएको विवादका क्रममा गोली हानी हत्या गरेको अभियोगपछि फरार थिए ।

प्रतिक्रिया दिनुहोस