प्रदेश ३ को नाम र राजधानी तोकिए संगै प्रदेश ५ को चर्चा शुरु

पूजा पन्थी/बुटवल :- प्रदेश ३ को स्थायी राजधानी हेटौडा र नाम बाग्मतीमा बहुमत पुगे संगै प्रदेश ५ को नाम र राजधानिको चर्चा शुरु भएको छ ।

प्रदेश ३ को अवस्था हेरेर प्रदेश ५ को नाम र राजधानी तोक्ने भनेर मुख्यमन्त्री शंकर पोखरेल र सरकारका प्रबक्ता बैजनाथ चौधरिले भनिरहदा प्रदेश ५ को नाम र राजधानीको चर्चा शुरु भएको हो ।

नेकपा स्थायी कमिटी बैठकले सिफारिस गरेकै नाम र राजधानी प्रदेश ३ मा पारित भएको हो ।

नाम र राजधानिको बिषय प्रदेश सभाले टुङ्गो लगाउने भएपनि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि स्थायी कमिटिमा सुझाब मागेका थिए ।

प्रदेश नम्बर ५ को नाम र राजधानी तोक्ने बिशेष समितिले पनि आफ्नो प्रतिबेदन बुझाईसकेको छ ।

प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम), कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरिएको छ ।

प्रदेश ५ का प्रबक्ता चौधरीले हिउदे अधिबेसनमा प्रदेश नाम र राजधानिको बिषय प्रवेस हुने र यहि अधिवेशनले नै निर्णय गर्ने बताउदै आएका छन । प्रदेश ५ को हिउदे अधिवेशन माघ ५ देखि शुरु हुँदै छ ।

प्रदेश सभाबाट दुई तिहाईको बहुमतले नाम र राजधानी पारित हुने संविधानमा ब्यवस्था छ ।

प्रदेश ५ मा ८७ सांसद छन् । नेकपाका ६२, नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरम नेपालका ५, राजपा नेपालका एक तथा राजमोका १ जना गरी जम्मा ८७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस