दोलखा मालु सिद्धेश्वर माध्यमिक विद्यालयको ३३ औं वार्षिक उत्सव सम्पन

दिपक बस्नेत/दोलखा :-
दोलखा तामाकोशी गाउपालिाका वडा नम्बर ४ मालु स्थीत सिद्धेश्वर माध्यमिक विद्यालयको ३३ औं वार्षिक उत्सव सम्पन भएको छ ।कार्यक्रममा प्रमुख अथिति तामाकोशी गाउपालिकाका उपाध्यक्ष उर्मिला खड्का के सी, जिल्ला समुन्य समिति सदस्य गिता पोखरेल, तामाकोशी गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष होम बादुर श्र्रेष्ठ र विद्यालय ब्यथापन समितिका अध्यक्ष भिम बाहादुर श्र्रेष्ठले सयmुक्त रुपमा पानस मा बत्ति बालेर र ब्यानर खोलि वार्षिक उत्सव को शुभराम्म गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यपक ढाल प्रसाद दाहालले विद्यालयको आर्थिक,भौतिक र शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै विद्यालयलाई सहयोग गर्नुहुने अभिभाकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
बार्षिक कार्यक्रमको अवसरमा विद्यालयलाइ शैक्षिक, भौतिक रुपमा सहयोग गर्नुहुने शिक्षक, वृद्धिजिवि, अग्रज ५ जना ब्यक्तिलाइ दोसला ओढाइ प्रमाणपत्र दिइ कार्यक्रमका प्रमुख अतिथि, विषेस अतिथिद्धरा सम्मान गरिएको थियो ।
त्यसै गरि विद्यालयले ९६ प्रतिसत सम्स विद्यालयमा उपस्थित हुने १० जना विद्यार्थीलाइ कप दिएर सम्मान गरेको छ र विद्यालयले उत्कृष्ठ जेहेन्दार अनि विभिन्न विद्यालयको कार्यक्रकमा सहभागिता जनाउँने ३ जना विद्यार्थीलाइ सम्मान गरेको थियो ।तामाकोशी गाउपालिकाले सिद्धेश्वर विद्यालयमा पढ्ने १५ जना गरिब असाय जेहेन्ददार विद्यार्थीलाइ ड्रेस उपलब्ध गराएको थियो । वार्षिक उत्सव को दिन पारेर गाउँपालिकाले उपलव्ध गराएको ड्रेस तामाकोशी गाउपाकिाकाका उपाअध्यक्ष उर्मिला खड्का के.सि र वडा नम्वर ४ मालुका वडा अध्यक्ष होम बादुर श्र्रेष्ठले विद्यार्थी र अविभावक सहित राखेर ड्रेस हस्तान्तरण गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा तामाकोशी गाउपालिकाका उपाअध्यक्ष उर्मिला खड्का के.सि ले विद्यालयको संमग्र विकासको निमित्त हामी सधै सहयोग गर्न तयार रहेको बताउनु भयो । त्यसै गरि तामाकोशी गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष होम बहादुर श्र्रेष्ठले सिद्धेश्वर विद्यालयलाइ भौतिक संरचनामा हामी सधै सहयाृेग गर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथिले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस